विदेशी मुद्राको विनिमय दर आज यस्तो छ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको हो। अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७२ पैसा पुगेको छ।
यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ १२ पैसा रहेको हो। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ १० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।