विदेशी मुद्राको विनिमय दर आज कति होला त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार अमेरिकी डलर, यरुरो र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको हो । बेलायती पाउण्डको विनिमयदर भने बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८० पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ शून्य पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ७७ पैसा रहेको हो । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।