किरात गणराज्य: इतिहास र आन्दोलन
प्रदेश १ पुनःनामाङ्कन संघर्ष समितिको संयोजनमा पूर्वी नेपालमा पहिचान आन्दोलन जारी छ। विगत पाँच महिनादेखिको यो आन्दोलन दश वर्षे माओवादी आन्दोलनयता पूर्वमा भएको व्यापक जनआन्दोलन हो। हालसम्म यसको नेतृत्व-विशेषता विभिन्न सामाजिक संस्थाहरू अग्रभागमा छन् भने राजनीतिक संगठन र व्यक्तिहरू पृष्ठभागमा। आन्दोलनको समुदायकरण भएको छ। यो नै यसको निरन्तरता र विजयको आधार हो।
दर्जनौं संघ-संगठनहरू घटक रहेको संयुक्त संघर्ष समितिका मागहरूमध्ये एक किरात गणराज्यको माग हो। विभिन्न व्यक्ति-व्यक्तित्वहरूले आग्रह गरे अनुसार यस आलेखमा किरात गणराज्य केन्द्रित भएर आन्दोलनको संवैधानिक, राजनीतिक एवं ऐतिहासिक विषयवस्तुमा चर्चा गरिने छ।