चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौंसहित देशभर मौसम बदली
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। यसको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको छ।
काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि सामान्य वर्षा भइरहेको छ। शुक्रबार पनि आकाश धुम्म रहनुका साथै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
मौसममा आएको परिवर्तनले जनजीवनका साथै हवाई तथा सडक यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी