प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साता शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको हो ।
शुक्रबार चाँदी प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।