पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
काठमाडौं । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो।
प्रसाईंले केही समयअघि जेन–जी आन्दोलनकी सहिदकी आमासमेत रहेकी रास्वपा सांसद रचना खतिवडालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्तिको विषय सांसद खतिवडाले प्रतिनिधिसभाको बैठकमा समेत उठाएकी थिइन्।
प्रहरीले पक्राउ गरेपछि प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।