कोरोना संक्रमण कम गर्न नगद कारोबार बन्द गर्नु पर्ने चिकित्सक संघको सुझाब
(विराटनगर) कोरोना संक्रमण कम गर्नको लागि नगद कारोबार बन्द गुर्नपर्ने नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखा विराटनगरले माग गरेको छ ।
अध्ययनका अनुसार कोरोना भाइरस पैसामा समेत रहने भएकाले सम्पूर्ण नगद कारोबार हुने शाखाहरुमा नगद रहित कारोबार गर्न नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाले सर्वसाधारण जनता तथा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ ।
नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाका अध्यक्ष डाक्टर फरवार्ड सिलवालले प्रदेश १ सरकार, स्थानीय सरकार र सम्पूर्ण बैंक तथा वित्तीय संस्था समक्ष समेत विधुतीय कारोबार मार्फत हुने बैंकिङ्ग कारोबारलाई प्रवद्र्धन गर्न र सम्पूर्ण आम नागरिकलाई सो कारोबारको पहुँचमा ल्याउने गरी व्यवस्था गरिदिनु आग्रह गर्नु भएको छ ।
सो शाखाले संक्रमणको चेनबाट चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा समुदायसम्म पुगिसकेको यस परिस्थितिमा संक्रमणको चेनलाई दु«त गतिमा फैलिनबाट रोक्न सम्पूर्ण सर्वसाधारणरुमा अत्यावश्यकता बाहेक घरबाट ननिस्किन आग्रह गरेको छ ।
शाखाले घरबाट निस्किनु पर्ने अवस्थामा अनिवार्य रुपमा मास्क र स्यानिटाईजर को प्रयोग गर्न, भीड्भाडमा नजान र कोहि व्यक्ति लाई भेटनु परेको अवस्थामा अनिवार्य रुपमा भौतिक दूरी कायम गर्ने लगायतका कोरोना भाईरसबाट बच्ने स्वास्थ्य सजगताका उपाय अनिवार्य पालना गर्न समेत सवैमा अनुरोध गरेको छ ।
शाखाले सबै अस्पताल र होम आईसोलेशनमा बसेका विरामीहरुलाई महामारीसंग जुध्न आफ्नो व्यक्तिगत सरसफाईमा आफैले विशेष ध्यान दिई सचेत रहन समेत आग्रह गरेको छ ।