सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको २ लाख ८८ हजार ९००
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ पुगेको छ ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।