प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका मिश्रीले सोही दिन परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमण सम्पन्न गरी मिश्री आजै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ ।