नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५
कोरोना भाइरस संक्रमणबाट बाराकी १७ वर्षीया एक किशोरीको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।
बारा परवानीपुर वडा नम्बर ८ की ती किशोरीमा कोरोना पोजेटिभसँगै पखला, श्वासप्रश्वासलगायत समस्या पनि देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १७ वर्षीय किशोरीको शुक्रबार बेलुकी निधन भएको जानकारी दिए।
साउन ८ गते स्वाब संकलन गरिएको र ९ गते उनमा कोरोना पुष्टि भएको थियो। उनको शरीरमा अक्सिजनको मात्रा पनि कम भएको थियो।