पहिरोले गोरखाको नौलीखोला थुनियो
पहिरोले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ स्थित नौलीखोला थुनिएको छ।
गए रातीको पहिरोले लापु गाउँको मापुडाँडामा स्थानीय नौलीखोला थुनिएर ताल बनेको हो। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पठाइएको गोरखा प्रशासनले जनाएको छ। नौलीखोला बाटो भएर बटुवालाई हिड्न रोकिएको छ।
नौलीखोला बूढीगण्डकी नदीको सहायक खोला हो।