प्रधानमन्त्री ओलीले भनेः बाबुरामजी तपाईंपनि नेकपामा आउनुहोस्
काठमान्डौ २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी नेकपा विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने दाबी गरेका छन ।
विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकालाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष छुटिटएर जानेहरु पुन पार्टीमै सिमिन आइपुग्ने बताए ह’न ।प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने भन्दै नेकपा छोड्दैमा आत्तिइहाल्नु नहुने तर्क गरे ।
‘कहिले ढिस्काले बाटो छेकेर भंगालाहरु यताउति लाग्छन्, कहिले बाटो भूलेर,’ प्रधानमन्त्री ओलीले भने, ‘पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी अलि तल पुगेपछि मुल बहावमै मिसिन्छन् । त्यस्तै कम्युनिष्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथीहरु फेरी अहिले मुलधारमै आउनु भएको छ । वहाँहरुलाई स्वागत छ ।’
प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्युनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने भन्दै उनलाई समेत नेकपामा आउन आग्रह गरे । ‘देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन । आउनुहोस सबै मिलौं देश बनाउँ,’ प्रधानमन्त्री ओलीले भने ।
नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्रधानता पाउन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘जनताका समस्या भन्दा सरकार टाढा छैन । जनताका आवश्यकतालाई मनन गरेर हामी काम गर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीमा कुनै मतभेद छैन । व्यक्तिगत स्वार्थलाई गौंण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन हामी लागि परेका छौं ।’.jpg)
प्रधानमन्त्री ओलीले केही केहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताउदै भने, ‘बहुदलमा आलोचना गर्न पाइन्छ । चुनाव पनि हार्नु आलोचना पनि गर्न नपाउनु त भएन नि,’ प्रधानमन्त्री ओलीले भने, ‘जति आलोचना गरे पनि सरकार देशमा सुशासन कायम गर्ने अभियानमा दृढ संकल्पित छ ।’
नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला, देवेन्द्र पराजुली, गुणखर भूसाल, मनु हुमागाईं लगायत नेकपामा प्रवेश गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री एवं अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराए थिए ।