लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, कृषि–पर्यटन–रोजगार प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले आज प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। उनलाई प्रदेशसभा भवनमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री तथा प्रदेशसभा सदस्यहरूले स्वागत गरेका थिए।
सरकारको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय समेटिएको छ।
त्यसैगरी युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।