कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि प्रदेश जिम्मेवारी तोकियो
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा जिम्मेवारी तोकेको छ।
सोमबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले प्रदेशगत जिम्मेवारी तोकेको हो। जसअनुसार कोसीमा डा. डिला संग्रौला, मधेसमा देवराज चालिसे, बागमतीमा बहादुरसिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिममा उदयशमशेर राणालाई जिम्मेवारी दिइएको छ।
बैठकले बाँकी क्रियाशील सदस्यको सदस्यता नवीकरण गरी जेठ २१ गतेभित्र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने निर्णय पनि गरेको छ।