कर्णाली विकासको बाधक नै कर्मचारी अभाव र भौगोलिक कठिनाइ : मुख्यमन्त्री शाही
हुम्ला । अहिले कर्णाली प्रदेश सरकारले चाहे अनुसारको विकास गर्न नसक्नुको मुख्य कर्मचारी अभाव र भौगोलिक कठिनाइ भएकाे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभएकाे छ । बजेट खर्चका विषयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताउनुभएकाे हाे ।
भौगोलिक कठिनाइका कारण कर्णाली प्रदेशमा यातायात नपुग्नु नै अभिशाप भएको बताउँदै मुख्यमन्त्री शाहीले विकासको मुख्य बाधक नै भूगोल विकटता भएको बताउनुभयाे । अर्को प्रदेश सरकारले कर्मचारीको व्यवस्थापन आफै गर्ने अवस्था हालसम्म नभएकोले सङ्घको मुख ताक्नु पर्ने र सङ्घबाटै कर्मचारीले कर्णाली आउन पनि नमान्ने भएपछि आवश्यक कर्मचारीको अभाव पनि अर्को विकासको बाधक भएको पनि उहाँकाे बताउनुभयाे ।
चालु आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेश सरकारले वित्तीय प्रगति कम गर्नुमा भूगोल र आवश्यक कर्मचारीको व्यवस्था नहुनु मुख्य कारण रहेको मुख्यमन्त्री शाहीले बताउनुभयाे ।
समायोजनमा कर्णालीमा एक जना, त्यो पनि दुई महिनापछि रिटायर्ड हुन लागेका उपसचिवले राज्नु पनि यसको ज्वलन्त उदाहरण हुन् । कर्मचारीमा पनि कर्णाली बसे के अभिशाप हुन्छ भन्ने मानसिकता छ, त्यसमा सुधार नल्याएसम्म कर्णालीको विकास गर्न पनि कठिन भएको र अहिले पनि कर्णालीलाई उपेक्षाका रूपमा हेरिँदै आएको सङ्केत गर्दै मुख्यमन्त्री शाहीले साधन र श्रोतको समुचित विकास गर्न अब प्रदेश सरकार आफै लाग्ने बताउनुभयाे ।