चार देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि
संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान सवा ९ बजे बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु हुनेछ।
बैठकको सुरुमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीका विषयमा उजुरीकर्तासँग छलफल गरिने कार्यसूची छ। त्यसपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुनेछ।
सुनुवाइका लागि भारतका प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका कल्याणराज शर्मा, अमेरिकाका चिरञ्जीव थापा र संयुक्त अधिराज्यका गौरवशमशेर जबरालाई समितिले आमन्त्रण गरेको छ।