कांग्रेस सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम राखेका छन् ।
दुई हजार ३९० मत गणना हुँदा खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ७७२ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, डिल्लीराम सुवेदीले ५८३, देवेन्द्रराज कँडेलले ४९९, विकास कोइरालाले ३९४, राजीव ढुंगानाले ३५३, रमेशप्रसाद धमलाले २८२, अमृतकुमार अर्यालले २५७ र विमलराज क्षेत्रीले ९३ मत प्राप्त गरेका छन् ।
खुलातर्फ नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । यस समूहबाट दुई जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।