कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म गणना भएका १ हजार ६८९ मतमध्ये खतिवडाले ७६८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अजयबाबु सिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा छन्।
त्यस्तै, डिल्लिराज सुवेदीले ४३९, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।
सहमहामन्त्री खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।