विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए
नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। विशेष महाधिवेशनबाट उपसभापति बनेका शर्माले उम्मेदवारीका लागि पूर्वेली नेताहरूलाई प्रस्तावक र समर्थक बनाएका छन्।
कांग्रेसले विधान संशोधन गर्दै पहिलोपटक वरिष्ठ उपसभापतिको पद सिर्जना गरेको हो। यस पदमा शर्माबाहेक अन्य कसैले उम्मेदवारी दर्ता गराएको स्पष्ट भइसकेको छैन। उम्मेदवारी दर्ताको समय मंगलबार साँझ ६ बजेसम्म तोकिएको छ।