दुर्गा प्रसाईं २ लाख धरौटीमा रिहा हुने
जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। उनीमाथि युट्युबमार्फत सांसद खतिवडाको छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो।