अनुज अधिकारीलाई केन्द्रीय सदस्यमा जिताउन अपिल
लोकगीत गाउने धेरै हुनसक्छन्, तर लोकगीत र लोकसंस्कृतिलाई आफ्नो जीवनकै बाटो बनाउनेहरू थोरै छन् । अनुज अधिकारी त्यही थोरैमध्येका एक हुन् । आफ्नो व्यक्तिगत भविष्यभन्दा नेपाली लोकगीत, संगीत र संस्कृतिको भविष्यलाई महत्व दिँदै लामो समयदेखि यही क्षेत्रमा निरन्तर खटिनु उहाँको सबैभन्दा ठूलो परिचय हो । लमजुङमा राजु परियार, विमा कुमारी दुरालगायतका अग्रजले बनाएको लोकसंगीतको उचाइलाई पछिल्लो पुस्तासम्म जोगाउँदै लैजान अनुजले आफ्नै ठाउँबाट गरेको प्रयास चानचुने छैन ।
समयसँगै लमजुङको लोककला र गला केही मत्थर हुँदै गएको अनुभूति भइरहेका बेला अनुज अधिकारीले त्यसलाई फेरि चलायमान बनाउन आफ्नो काँध थापिरहेका छन् । कलाकार भएर गीत गाउनु मात्रै होइन, स्रष्टा-कलाकारको हकहित, लोकसंस्कृतिको संरक्षण र संस्थागत यात्रामा पनि उहाँले दिएको समय र योगदान महत्वपूर्ण छ । अब उहाँको यही अनुभव र समर्पणलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय समितिमा पुर्याउने बेला आएको छ । अनुजको जित एउटा व्यक्तिको जितभन्दा माथि उठेर लमजुङ र गण्डकीको लोकसांस्कृतिक आवाजलाई केन्द्रसम्म पुर्याउने अवसर बन्न सक्छ ।
त्यसैले आगामी महाधिवेशनमा गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार अनुज अधिकारीलाई अमूल्य मत दिएर विजयी गराउन सम्पूर्ण लमजुङवासी, गण्डकीवासी तथा देशभरका महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक आग्रह गर्दछु । कलाकारलाई माया गर्ने हातले मत पनि दिनुपर्छ, लोकसंस्कृतिलाई जोगाउने आवाजलाई केन्द्रमा पनि पुर्याउनुपर्छ । अनुज अधिकारीलाई मत दिऔँ, लमजुङको लोकसंगीतको आवाजलाई अझ बलियो बनाऔँ । निक्कि थापा अपिसियल
#अनुजअधिकारी #AnujAdhikari #लमजुङ #गण्डकीप्रदेश #लोकगीत #दोहोरी #लोकसंस्कृति #लोकसंगीत #राष्ट्रिय_लोक_तथा_दोहोरीगीत_प्रतिष्ठान #सम्पूर्णखबर #SampurnaKhabar