सर्वोच्चका रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक जारी छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार दिउँसो २ बजेदेखि बैठक बसेको हो।
परिषद्का अनुसार सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन्। रिक्त पदमा नियुक्तिका लागि सिफारिसलगायत विषयमा छलफल गर्न बैठक बसेको हो।
प्रधानन्यायाधीश शर्मा अध्यक्ष रहेको पाँच सदस्यीय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का छन्।