गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन्।
सभापति पदका आकांक्षी गगन थापा र किशोरसिंह राठौरसँगै खड्कीले पनि उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तापछि खड्कीले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताए।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका खड्की काठमाडौं निवासी हुन्।