कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय ६ बजेसम्म थप
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार पूर्वनिर्धारित समय अपराह्न ४ बजेलाई बढाएर साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको हो।
उम्मेदवारहरूको बाक्लो उपस्थिति र कार्यव्यस्तताका कारण समय थप गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समितिले तोकिएको समयभित्र मनोनयन दर्ता गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।