कांग्रेस महाधिवेशनको तेस्रो दिनको बन्दसत्र सकियो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको छ। बाँकी छलफल बुधबार बिहान पुनः हुने भएको छ।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेका छन्।
सातै प्रदेश तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरू छलफलमा सहभागी भएका थिए। व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार बुधबार बिहान साढे १० बजे बन्दसत्र पुनः सुरु हुनेछ। सो सत्रको सुरुवातमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ।