निलम्बित एआईजी दाहालमाथि छानबिन गर्न पोखरेल जाँचबुझ अधिकृत
सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ।
सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार मन्त्रालयले मानव स्रोत विभागमा कार्यरत पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा भेट्न जाँदा संवेदनशील सूचना चुहाएको आरोपमा दाहाल सोमबार निलम्बित भएका थिए। अनुसन्धानका क्रममा दाहालको झापाका बिचौलिया इनम सापकोटासँग पनि सम्बन्ध देखिएको बताइएको छ।
सापकोटालाई असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लाग्दा पक्राउ गरिएको थियो।