सहमहामन्त्रीमा अब्दुल सत्तारको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर सत्तारले मुस्लिम समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।