संघीय निजामती विधेयकमा महिला कर्मचारीलाई महिनावारी बिदाको प्रस्ताव
काठमाडौं । सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवा विधेयकमा महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ ।
विधेयकको बुँदा नम्बर १२५ मा निजामती कर्मचारीले पाउने बिदाको सूचीमा ‘महिनावारी/रजस्वला बिदा’ समावेश गरिएको हो । यसअघि प्रचलित व्यवस्थामा बिरामी, प्रसूति तथा प्रसूति स्याहार बिदाजस्ता सुविधा मात्र रहेका थिए ।
विधेयक संसद्बाट पारित भई ऐनका रूपमा लागू भएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीले महिनावारीका समयमा छुट्टै बिदा पाउनेछन् ।