लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । तर, निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको छ ।
राजमार्गका अन्य स्थानमा समेत अवरोध हुन सक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । साथै, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरिएको छ ।