कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ६ हजार ५८४ मत
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा विजयी भएका छन् ।
थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा कुल ७ हजार ३९ मत खसेको थियो । त्यसमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
बाँकी पदाधिकारीको मतगणना आज दिउँसो १ बजेपछि सुरु हुने भएको छ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा उम्मेदवारहरूसँग बैठक बसेपछि मतगणना सुरु गरिने निर्वाचन समिति सचिव राजु कटवालले जानकारी दिएका छन् ।