जङ्गली च्याउ खाँदा दाङमा तीन वर्षीया बालिकाको मृत्यु
दाङ । जङ्गली च्याउ खाएर बिरामी परेकी दाङको गढवा गाउँपालिका–१ वनघुस्रीकी तीन वर्षीया बालिका लक्ष्मी माझीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जङ्गली च्याउ खाएपछि लक्ष्मीसहित उनकी २६ वर्षीया आमा सुमित्रा माझी पनि बिरामी परेकी थिइन् ।
उनीहरूलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएको थियो । उनको गएराति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।