क्यानडाविरुद्ध रोहित पौडेलको अर्धशतक, २८ ओभरमा नेपालको ९२ रन
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
ओमानको अल अमिरातमा जारी खेलमा टस जितेर क्यानडाले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ। चौथो क्रममा ब्याटिङ गर्न आएका रोहितले ७५ बलमा अर्धशतक पूरा गरेका हुन्।
२८ ओभरको खेल सकिँदा नेपालले तीन विकेट गुमाएर ९२ रन बनाएको छ। ओपनर अर्जुन कुमाल ५४ बलमा २३ रन बनाएर आउट भए। त्यसपछि आएका आशिफ शेख तीन बलमा चार रन र इशान पाण्डे चार बलमा शून्य रन बनाएर पभेलियन फर्किए।
नेपालको ब्याटिङ सम्हाल्ने क्रममा रोहितलाई अहिले बसिर अहमेदले साथ दिइरहेका छन्।