पाल्पामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता
लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो खस्दा एक घर पुरिएको छ। पहिरोमा परी तीन जना बेपत्ता भएका छन्।
असोज ११ गते बिहान करिब ४ः३० बजे स्थानीय लिलबहादुर घर्ती मगरको घरमाथिबाट पहिरो खसेर घर पुरिएको हो।
पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ।