कालीगण्डकीको बाढीले मोटरेबल पुल बगायो
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार भारी वर्षापछि नदीमा आएको बाढीले पुल बगाएको हो ।
भारी वर्षाका कारण मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएका छन् । बाढीको जोखिम बढेपछि आयोजनाले विद्युत् उत्पादनसमेत बन्द गरेको छ ।
यसैबीच, स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजारसमेत डुबानमा परेको प्रहरीले जनाएको छ ।