कांग्रेसको १५औँ महाधिवेशन : हुम्लाका सातवटै पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ।
जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार हुम्लाका ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सम्पन्न भइसकेको छ।
गाउँपालिका अधिवेशनबाट नाम्खामा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सभापतिमा सर्वसम्मत चयन भएका छन्।
गाउँ तथा वडा अधिवेशन सम्पन्न भएसँगै अब महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने सभापति सिंहले जानकारी दिएका छन्।