सिमलतालमा सडक भासिँदा नारायणगढ–मुग्लिन सडक एकतर्फी
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको झन्डै आधा भाग भासिएको छ।
आइतबार बिहान नदीले सडक कटान गरेपछि उक्त स्थानमा यातायात एकतर्फी सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक भासिएसँगै सवारीसाधनको चाप र जाम हुन सक्ने भएकाले चालकलाई सतर्कताका साथ सवारी चलाउन आग्रह गरिएको छ। सडक मर्मत गरी यातायात सहज बनाउन आवश्यक पहल भइरहेको कार्यालयले जनाएको छ।