भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापतिमा गणेश पराजुली
जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन गर्न गठित संसदीय विशेष समितिले सभापति पाएको छ।
समितिको पहिलो बैठकले गणेश पराजुलीलाई सभापतिमा निर्विरोध चयन गरेको हो। सभापतिका लागि पराजुलीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा चयन भएका हुन्।
असोज ५ गते गठन भएको १५ सदस्यीय समितिले जलवायु परिवर्तनका प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएका विपद्सँग सम्बन्धित विषयमा अध्ययन गर्नेछ। समितिले अध्ययनका आधारमा सम्बन्धित विषयमा आवश्यक सुझाव तथा सिफारिससमेत दिने जनाइएको छ।