रास्वपाले असोज १७ गते बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असोज १७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठकका एजेन्डा भने तय भइसकेका छैनन् ।
पार्टीभित्र प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेबीच मतभेद रहेको चर्चा भइरहेका बेला रास्वपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा बाढीपहिरोपछि पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल हुनसक्ने बताइएको छ ।