कांग्रेस महाधिवेशनमा रवि, ओली र प्रचण्डलाई निम्तो
नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ।
कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर औपचारिक निमन्त्रणा दिएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई आमन्त्रण गरिएको सहमहामन्त्री राणाले बताएका छन्।