ताराखोलामा पहिरोले पुरिएर एक जनाको मृत्यु
बिहीबारदेखि परेको अविरल वर्षाका कारण बागलुङको ताराखोलामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।
ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।
प्रहरीका अनुसार पहिरोले घरमा आंशिक क्षति पुगेको छ। रोका सुत्ने कोठामा रहेका बेला पहिरो खसेर पुरिएका थिए।
हाल स्थानीयवासीको सहयोगमा पहिरो पन्छाएर रोकाको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।