गड्डाचौकी भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ।
भन्सार विभागले भट्टलाई गड्डाचौकीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ।
भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच विवाद भएको विषय सार्वजनिक भएपछि विभागले उनलाई जिम्मेवारीबाट हटाएको हो।
उनीहरूबीच उत्पन्न विवादसम्बन्धी सार्वजनिक भएका विवरणबारे थप बुझ्नुपर्ने भएकाले भट्टलाई विभागमा हाजिर हुन पत्राचार गरिएको भन्सार विभागले जनाएको छ।