भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता बढाउँछ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्।
यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
उनले पौराणिक मान्यताअनुसार यमराज र यमुनाको कथासँग जोडिएको भाइटीकाले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सौभाग्यको कामना गर्ने परम्परालाई निरन्तरता दिएको उल्लेख गरेका छन्।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको उनले बताएका छन्।
त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ।