यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।
युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा तोकिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा रहेको छ।
त्यसैगरी अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ११ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा कायम गरिएको छ।
जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी रियालको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा तोकिएको छ।
यसैगरी थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ। हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर समेत अद्यावधिक गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्नेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जनाएको छ।