पोखरामा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा चार महिला पक्राउ
पोखरा — कास्की प्रहरीले बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा चार महिलालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरबाट पक्राउ परेका उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकालाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाइएको सूचनाका आधारमा कारबाही गरिएको हो। घटनास्थलबाट एक बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ।