दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड
काठमाडौं — दीपमाला ढकालले मिस नेपालको प्रतिष्ठित उपाधि जित्दै मिस नेपाल वर्ल्ड घोषित भएकी छन्।
ललितपुरको पुल्चोकमा आयोजित मिस नेपाल २०२६ को ग्राण्ड फिनालेमा ढकाललाई विजेता घोषणा गरिएको हो। उनीसँगै आर्या निशान्त मिस नेपाल इन्टरनेशनल तथा कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भएका छन्।
विजेता ढकाल यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल को उपाधि समेत जितिसकेकी छन्। अब उनले अन्तर्राष्ट्रिय मञ्चमा मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
ग्राण्ड फिनालेमा विभिन्न चरणका प्रतिस्पर्धापछि निर्णायक मण्डलले तीन प्रमुख उपाधिका विजेताको घोषणा गरेको थियो। विजेताहरूलाई ताजसहित प्रमाणपत्र तथा अन्य पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।