किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा रिटको पेसी तोकिएको हो।
चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार रिट दायर गरेकी थिइन्। रिटमार्फत श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो।