सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो
नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।