बागमतीमा घरजग्गा कारोबार ३३ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गा कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सोही अवधिमा मधेस प्रदेशमा भने घरजग्गा कारोबार ४.७९ प्रतिशतले घटेको छ।
प्रतिवेदनका अनुसार चालु आवको नौ महिनामा देशभर रु एक खर्ब ८३ अर्ब ९० करोड बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।
यस्तै, समीक्षा अवधिमा घरजग्गा कारोबारबाट सङ्कलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।