प्रहरी हुँ भन्दै ठगी गर्ने आरोपमा एक महिला पक्राउ
आफू प्रहरीको सहायक निरीक्षक भएको भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा इलाम नगरपालिका–१० की ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले सहायक निरीक्षकको पोसाक लगाएको तस्वीर देखाउँदै विभिन्न आश्वासन दिएर पीडितबाट ई–सेवा र मोबाइल बैंकिङमार्फत पटक–पटक गरी १५ लाख ५० हजार रुपैयाँ ठगी गरेकी हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।