डोल्पाको गैरीगाउँमा बाढीले ८ देखि १० घरमा क्षति, उद्धार कार्य जारी
डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरीगाउँमा आएको बाढीले करिब ८ देखि १० वटा घरमा क्षति पुर्याएको छ।
नेपाली सेनाका अनुसार आइतबार बिहान करिब ३ बजे परेको भारी वर्षापछि धुलाखोला क्षेत्रबाट आएको बाढीले स्थानीय बस्ती प्रभावित भएको हो।
घटनालगत्तै नेपाली सेनाको संग्राम शार्दूल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीसँग समन्वय गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको जनाएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।